पोखराका ८ सहित गण्डकीमा थप १५ जनामा कोरोना पुष्टि

पोखराका ८ सहित गण्डकीमा थप १५ जनामा कोरोना पुष्टि

corona covid gandaki

पोखरा – पोखराका ८ सहित गण्डकीमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा बुधबार जारी पहिलो र दोस्रो विज्ञप्ति अनुसार प्रदेशका ४ जिल्ला कास्की, तनहुँ, स्याङ्गजा र म्याग्दीका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो  ।

क्षयरोग उपचार केन्द्र पोखरामा गारिएको परीक्षणमा कास्कीका ४, तनहुँका १, स्याङ्गजाका ३ र म्याग्दीका ३ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ।

संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् । यो संगै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १० हजार ५ सय १२ पुगेको छ ।        

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds