कोरोना संक्रमणका कारण पोखराका २ जनाको मृत्यु पुष्टि

कोरोना संक्रमणका कारण पोखराका २ जनाको मृत्यु पुष्टि

corona death

पोखरा – कोरोना संक्रमणका कारण पोखराका २ जना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं -१७ निवासी ७८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु पुष्टि भएको छ ।

गत कार्तिक २७ गते कोरोना संक्रमण देखिएर मणिपाल शिक्षण अस्पताल भर्ना भएकी उक्त महिलाको मंगलबार दिउँसो १: ५० बजेको समयमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै पोखरा -३ का ८३ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु पुष्टि भएको छ । गत कार्तिक २९ गते कोरोना संक्रमण देखिएर उपचारका लागि गण्डकी मेडिकल कलेज भर्ना भएका पुरुषको उपचारका क्रममा आज बुधबार बिहान ७:०० बजे मृत्यु भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यो संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds