गण्डकीमा थप ५१ जनामा कोरोना पुष्टि, ११५ जना कोरोना मुक्त

गण्डकीमा थप ५१ जनामा कोरोना पुष्टि, ११५ जना कोरोना मुक्त

126293639_2587612958205820_2044827412228218985_n

पोखरा – बुधबार गण्डकीमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घन्टामा १९० जनामा गरिएको परीक्षणमा थप ५१ जनाको रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख छ  ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ५ जिल्ला कास्की, तनहुँ, गोरखा, स्याङ्गजा र म्याग्दीका छन् । जसनुसार कास्कीको पोखराका ३१ जना, तनहुँका ५ जना, गोरखाका ३ जना, स्याङ्गजाका ९ जना र म्याग्दी जिल्लाका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

मंगलबारका ७ सहित आज पुष्टि भएका ५१ जना संक्रमित संगै गण्डकीमा कोरोना सक्रमितको कूल संख्या १० हजार ५ सय ४८ पुगेको छ।

मंगलबार र बुधबार कोरोना मुक्त भएर ११५ जना घर फर्किएका छन् । गण्डकीबाट कोरोना संक्रमणबाट निको हुनेको संख्या ५ हजार ७ सय ३६ पुगेको छ  ।

यस्तै आज कोरोना संक्रमणबाट ३ जनाको मृत्यु पुष्टि भएको छ । यो संगै, गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२७ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ