कास्कीका ७७ सहित बिहीबार गण्डकीका १४० जनामा कोरोना पुष्टि, २०२ जना डिस्चार्ज

कास्कीका ७७ सहित बिहीबार गण्डकीका १४० जनामा कोरोना पुष्टि, २०२ जना डिस्चार्ज

IMG_5858

पोखरा – बिहीबार गण्डकीमा थप १४० जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको पछिल्लो अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घन्टामा गण्डकीमा ५२३ जनाको पीसीआर परीक्षण गरिएकोमा थप १४० जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमित हरु प्रदेशका ९ जिल्ला कास्की, तनहुँ, गोरखा, लमजुङ, नवलपुर, स्याङ्गजा, पर्वत, बाग्लुङ र मुस्ताङका छन् । जसअनुसार, कास्कीमा सबैभन्दा धेरै ७७ जना, तनहुँमा ९ जना, गोरखामा १० जना, लमजुङमा ३ जना, नवलपुरमा २२ जना, स्याङ्गजामा ५ जना, पर्वतमा १ जना, बाग्लुङमा ११ जना र मुस्ताङ जिल्लाका २ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा जनाइएको छ । यो संगै, प्रदेशमा कोरोना संक्रमितको कूल संख्या १० हजार ६ सय ८८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा २०२ संक्रमित कोरोना मुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या ५ हजार ९ सय ३८ पुगेको छ ।

बिहीबार पनि कोरोना संक्रमणबाट प्रदेशमा ४ जनाको मृत्यु पुष्टि भएको छ । आज थपिएका मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३१ पुगेको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए  ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ