पोखरामा कोरोना संक्रमणबाट आज नै ७ मृतक थपिए

पोखरामा कोरोना संक्रमणबाट आज नै ७ मृतक थपिए

gandaki-medical-college

पोखरा – कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको अद्यावधिक विज्ञप्ति अनुसार कास्कीका २ सहित तनहुँका थप एकजना संक्रमितको मृत्यु पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार पोखरा -२७ का ७१ वर्षीय संक्रमितको मृत्यु पुष्टि भएको छ । गत कार्तिक २९ गते कोरोना पोजेटिभ देखिएर उपचारका लागि गण्डकी मेडिकल कलेज भर्ना भएका उक्त पुरुषको शुक्रबार बिहान १:४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै, पोखरा -८ का ५४ वर्षीय पुरुषको मृत्यु पुष्टि भएको छ । गत कार्तिक २३ गते कोरोना पोजेटिभ देखिएर उपचारका लागि गण्डकी मेडिकल कलेज भर्ना भएका उक्त पुरुषको आज बिहान ३:५० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उता, तनहुँको म्याग्दे गाउँपालिकाका ५१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएको छ। गत बुधबार कोरोना पोजेटिभ देखिएर उपचारका लागि गण्डकी मेडिकल कलेज भर्ना भएका उक्त पुरुषको आज बिहान ९:३० बजे उपचारकै क्रममा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघिको विज्ञप्तिमा शुक्रबार पोखराका ४ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि भइसकेको छ । आज थप भएका ७ मृतक संगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३८ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ