पोखराका १०० सहित शुक्रबार गण्डकीमा थप १३९ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

पोखराका १०० सहित शुक्रबार गण्डकीमा थप १३९ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

IMG_5861

पोखरा – शुक्रबार पोखराका १०० सहित गण्डकीमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशका जम्मा ६७० जनामा गरिएको कोरोना परीक्षणमा १३९ जनाको रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख छ ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ७ जिल्लाका छन्  । जसनुसार, कास्कीमा १०० जना, तनहुँमा १३ जना, गोरखामा ४ जना, लमजुङमा ८ जना, नवलपुरमा ६ जना, स्याङ्गजामा ४ जना र पर्वतका ४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

आज पुष्टि भएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १० हजार ८ सय २७ पुगेको छ ।

यस्तै शुक्रबार गण्डकीबाट १३६ जना कोरोना मुक्त भएका छन् । यो संगै, कोरोना संक्रमणलाई जितेर अहिलेसम्म ६ हजार ७४ जना घर फर्किएका छन् ।

यस्तै आज नै कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु पुष्टि भएको छ । यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३९ पुगेको निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ