आँबुखैरेनीको पौवामा फलामे खोरमा पर्‍यो चितुवा, तनहुँमा खोरमा पर्ने चितुवा १० पुग्यो (भिडिओ सहित)

आँबुखैरेनीको पौवामा फलामे खोरमा पर्‍यो चितुवा, तनहुँमा खोरमा पर्ने चितुवा १० पुग्यो (भिडिओ सहित)

Chituwa Puwa Aabukhaireni

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको पौवामा चितुवा फलामको खोरमा परेको छ । शनिबार बिहान आँबुखैरेनी-२ स्थित पौवाको बनमा राखिएको फलामे खोरमा चितुवा परेको हो ।

सोहि फलामे खोरमा यसअघि ४ वटा चितुवा परेको र यो पाँचौ भएको सहायक बन अधिकृत सुरेश कुमार भुजेलले बताए । उनले अगाडि भने ‘ जिल्लामा भने खोरमा पर्ने यो दशौँ चितुवा हो ।’

’चितुवा अन्दाजी १२ देखि १३ वर्षको र ४० किलोग्राम जति तौल भएको देखिन्छ ।’ भुजेलले भने ’यो भाले चितुवा हो र यसको जिल्ला बाहिर व्यवस्थापन गर्ने तयारि भईरहेको छ ।’

उक्त चितुवा मान्छे खाने चितुवा हो या होइन त्यो भनेर अहिले नै एकिन हुन नसकेको सहायक बन अधिकृत भुजेलको भनाई छ । तर हेर्दा एकदम आक्रामक देखिने उनले बताए ।

तनहुँको भानु नगरपालिका हुदै आबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र बन्दिपुर गाउँपालिका क्षेत्रमा चितुवाले पछिल्लो केहि समय अघि आतंक मच्याएको थियो ।

भिडियो :

https://youtu.be/1WXtF6frqhs

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ