पोखरा र पर्वतका दुई कोरोना संक्रमित पुरुषको मृत्यु पुष्टि

पोखरा र पर्वतका दुई कोरोना संक्रमित पुरुषको मृत्यु पुष्टि

corona death

पोखरा – कोरोना संक्रमणका कारण गण्डकीमा थप २ जनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको शनिबारको पछिल्लो अद्यावधिक विवरण अनुसार कास्कीको पोखरा सहित पर्वत मोदी गाउँपालिकाका १ गरी थप २ जनामा कोरोना पुष्टि भएको हो।

निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं -१३ निवासी ७९ वर्षीय कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ। गत कार्तिक २८ गते कोरोना पोजेटिभ देखिएर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका वृद्धको उपचारकै क्रममा शुक्रबार राती ११:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

यस्तै पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं -६ निवासी ६१ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु पुष्टि भएको छ । शुक्रबार मात्रै कोरोना पोजेटिभ देखिएर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका पुरुषको उपचारका क्रममा आज बिहान १० :१० बजे मृत्यु भएको निर्देशनालयले पुष्टि गरेको छ।

यो संगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४१ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds