तनहुँको बेलबासबाट ८ जुवाडे नगदसहित पक्राउ

तनहुँको बेलबासबाट ८ जुवाडे नगदसहित पक्राउ

juwade-1

सांकेतिक तस्बिर

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बेलबासबाट ८ जुवाडे नगदसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केशर आले, यम बहादुर आले, गगन सिंह परियार, बलराम राना, चन्द्र बहादुर मगर, बिष्णु बहादुर सेढाई, बिवेक बहादुर सेढाई र तुला थापा मगर रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नेपाली नगद २६ हजार २७५ रुपैयाँसहित तास २७० पत्ति, तन्ना थान १ बरामद भएको जिल्ला प्रहरी कार्यालय तनहुँकी प्रहरी निरीक्षक सबिता केसीले जानकारी दिईन ।

शुक्रबार राती जिल्लाको व्यास नगरपालिका वडा नं १३ बेलबास स्थितमा बलराम रानाको घर भित्र जुवा (तास) खेली रहेका गोप्य सुचनाको जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाको कमाण्डमा ७ जनाको टोलीले जुवाडेसहित नगद तथा तास खेल्दा प्रयोग गरेका बरामद गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ