शनिबार पोखराका ५६ सहित गण्डकीमा थप १०९ जनामा कोरोना पुष्टि, १४० जना कोरोना मुक्त

शनिबार पोखराका ५६ सहित गण्डकीमा थप १०९ जनामा कोरोना पुष्टि, १४० जना कोरोना मुक्त

IMG_5870

पोखरा – शनिबार गण्डकीमा थप १०९ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा आज जारी चारवटा विज्ञप्ति अनुसार प्रदेशका ७३५ जनामा गरिएको परीक्षणमा थप १०९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ८ जिल्ला कास्की, तनहुँ, लमजुङ, नवलपुर, स्याङ्गजा, पर्वत, बाग्लुङ र म्याग्दी जिल्लाका छन् । जस अनुसार, कास्कीमा ५६, तनहुँमा २४, लमजुङमा ५, नवलपुरमा १२, स्याङ्गजामा ४, पर्वतमा २, बाग्लुङमा ४ र म्याग्दी जिल्लाका २ जनामा कोरोना पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

आज पुष्टि भएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १० हजार ९ सय ३६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा १४० जना कोरोना मुक्त भएका छन् । यो संगै, गण्डकीमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या ६ हजार २ सय १४ पुगेको छ ।

यस्तै शनिबार पनि गण्डकीमा २ जनाको मृत्यु पुष्टि भएको छ । पुष्टि भएका मृतक पोखरा -१३ का ७९ वर्षीय पुरुष र पर्वत जिल्ला मोदी गाउँपालिका -६ का ६१ वर्षीय पुरुष रहेका छन् । यो संगै, गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ