पोखराका १९ सहित गण्डकीमा थप २१ जनामा कोरोना पुष्टि

पोखराका १९ सहित गण्डकीमा थप २१ जनामा कोरोना पुष्टि

Gandaki covid corona 2

पोखरा – आइतबार पोखराका १९ सहित गण्डकीमा थप २१ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको आजको पहिलो अद्यावधिक विवरण अनुसार प्रदेशका तीन जिल्ला कास्की, तनहुँ र स्याङ्गजाका थप २१ जनामा कोरोना पुष्टि भएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

लाईफ केयर डाईग्नोष्टिक प्रालिमा गारिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका वडा नं १, ३, ४, ८, १०, ११, १३, १४, १५, १७ र १८  का विभिन्न उमेर समुहका महिला पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै तनहुँको ब्यास नगरपालिका -२ का १ जना र स्याङ्गजाको पुतलीबजार नगरपालिका -११ का १ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यो संगै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १० हजार ९ सय ५७ पुगेको छ  ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ