पोखराका १०७ सहित आइतबार गण्डकीमा थप १२५ जनामा कोरोना पुष्टि

पोखराका १०७ सहित आइतबार गण्डकीमा थप १२५ जनामा कोरोना पुष्टि

IMG_5876

पोखरा – आइतबार गण्डकीमा थप १२५ जनामा कोरोना पुष्टि भएको छ  ।

स्वास्थ्य निर्देशनालयद्वारा आज अद्यावधिक विवरण अनुसार प्रदेशका ५९१ जनामा गरिएको पीसीआर परीक्षण मध्ये ५ जिल्लाका थप १२५ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितहरु कास्की, तनहुँ, स्याङ्गजा, पर्वत र बाग्लुङ जिल्लाका छन् । जसअनुसार, कास्कीमा सबैभन्दा धेरै संक्रमित १०७ जना, तनहुँमा २ जना, स्याङ्गजामा २ जना, पर्वतमा २ जना र बाग्लुङका १२ जना गरी आज १२५ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख छ।

यसरी आज पुष्टि भएका संक्रमितसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ६१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा गण्डकीबाट १७ जना कोरोना मुक्त भएका छन् । आज मुक्त भएका संगै कोरोना संक्रमणबाट निको हुनेको संख्या गण्डकीमा ६ हजार २ सय ३१ पुगेको छ।

पछिल्लो २४ घन्टामा प्रदेशमा कोरोनाबाट मृत्यु हुने छैनन् । त्यसकारण, मृत्यु हुनेको संख्या १४१ नै रहेको छ ।

गण्डकीमा आइतबारसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय ८९ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds