पोखराका ३४ सहित गण्डकीमा थप ९९ जनामा कोरोना पुष्टि

पोखराका ३४ सहित गण्डकीमा थप ९९ जनामा कोरोना पुष्टि

corona covid gandaki

पोखरा – कास्कीको पोखरा महानगरका ३४ सहित गण्डकीमा थप ९९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयद्वारा सोमबार जारी तेस्रो, चौथो र पाँचौं विज्ञप्ति अनुसार थप ९९ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमित पोखरामा ३४ जना, तनहुँमा ११ जना, गोरखामा २१ जना, लमजुङमा २ जना, नवलपुरमा १५ जना, स्याङ्गजामा ५ जना, पर्वतमा ४ जना, बाग्लुङमा २ जना र म्याग्दी जिल्लाका ५ जना रहेका छन् ।

लाईफ केयर डाईग्नोष्टिक प्रालि, क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनिहरुको रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङ र आफै कोरोना परीक्षणका लागि नमुना स्वाब दिएर बसेकाहरु हुन् । यो संगै, गण्डकीमा कोरोना संक्रमित कूल संख्या ११ हजार १ सय ९० पुगेको छ  ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ