पोखरा – पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा १ जनाको मृत्यु हुनाका साथै एक घाइते भएका छन् ।
सोमबार दिउँसो अन्दाजी १ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्वर – १८ सराङकोटबाट उडेको फिष्टेल कम्पनीको प्याराग्लाईडिङ उडान भरेर ल्याण्ड गर्ने क्रममा सोही वडाको क्यामचोकमा दुर्घटना हुँदा प्याराग्लाईडिङमा सवार प्यारा पाइलट पोखरा -२८ कालिका घर भइ हाल पोखरा -६ लेकसाइड बस्दै आएका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर घाइते नेपालीलाई तत्काल उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै दुर्घटनामा परी प्याराग्लाईडिङमा सवार काठमाण्डौ जिल्ला बुढानिलकन्ठ नगरपालिका -२ वासिकु बस्ने २८ वर्षीया शिला श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार घाइते श्रेष्ठको अवस्था चिन्ताजनक रहेको छ । यो समाचार तयार पार्दासम्म उनलाई थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी भैरहेको छ । उनको छाती र खुट्टामा चोट लागेको छ ।
प्याराग्लाईडिङ अवतरण स्थान भन्दा झन्डै डेढ किलोमिटर माथि दुर्घटना भएको थियो । अवतरण गर्नु अगावै आवश्यकता भन्दा बढी जमिन नजिकै आउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा