पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु, यात्रु गम्भीर घाइते

पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु, यात्रु गम्भीर घाइते

Paragliding1

पोखरा – पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा १ जनाको मृत्यु हुनाका साथै एक घाइते भएका छन् ।

सोमबार दिउँसो अन्दाजी १ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्वर – १८ सराङकोटबाट उडेको फिष्टेल कम्पनीको प्याराग्लाईडिङ उडान भरेर ल्याण्ड गर्ने क्रममा सोही वडाको क्यामचोकमा दुर्घटना हुँदा प्याराग्लाईडिङमा सवार प्यारा पाइलट पोखरा -२८ कालिका घर भइ हाल पोखरा -६ लेकसाइड बस्दै आएका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते नेपालीलाई तत्काल उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए  ।

यस्तै दुर्घटनामा परी प्याराग्लाईडिङमा सवार काठमाण्डौ जिल्ला बुढानिलकन्ठ नगरपालिका -२ वासिकु बस्ने २८ वर्षीया शिला श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार घाइते श्रेष्ठको अवस्था चिन्ताजनक रहेको छ । यो समाचार तयार पार्दासम्म उनलाई थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी भैरहेको छ । उनको छाती र खुट्टामा चोट लागेको छ ।

प्याराग्लाईडिङ अवतरण स्थान भन्दा झन्डै डेढ किलोमिटर माथि दुर्घटना भएको थियो । अवतरण गर्नु अगावै आवश्यकता भन्दा बढी जमिन नजिकै आउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds