सोमबार पोखराका ४७ सहित गण्डकीमा थप १२९ जनामा कोरोना पुष्टि

सोमबार पोखराका ४७ सहित गण्डकीमा थप १२९ जनामा कोरोना पुष्टि

IMG_5892

पोखरा –  सोमबार पोखराका ४७ सहित गण्डकीमा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा आज जारी ५ वटा विज्ञप्ति अनुसार प्रदेशका ५५६ जनामा गरिएको पीसीआर परीक्षण मध्ये १२९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरु ८ जिल्लाका छन् । जसमा कास्कीको पोखरा महानगरमा ४७, तनहुँमा १३, गोरखाम २३, लमजुङमा २, नवलपुरमा २६, स्याङ्गजामा ५, पर्वतमा ६, बाग्लुङमा २ र म्याग्दी जिल्लाका ५ जनामा कोरोना पुष्टि  भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज पुष्टि भएका संक्रमितसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ११ हजार १ सय ९० पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा गण्डकीबाट १६७ जना संक्रमित कोरोना मुक्त भएका छन् । यो संगै प्रदेशमा हालसम्म कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या ६ हजार ३ सय ९८ पुगेको छ ।

यस्तै गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय ५१ पुगेको छ ।

यस्तै पछिल्लो ४८ घण्टामा कोरोना संक्रमणबाट गण्डकीमा मृत्यु संख्या छैन । जसअनुरुप, हालसम्मको मृत्यु संख्या १४१ नै रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ