चितवनमा ग्यास बुलेटको ठक्करबाट २ जनाको मृत्यु: टायर बालेर प्रदर्शन, स्थिति तनावग्रस्त

चितवनमा ग्यास बुलेटको ठक्करबाट २ जनाको मृत्यु: टायर बालेर प्रदर्शन, स्थिति तनावग्रस्त

acc

चितवन । चितवनमा सोमबार साँझ मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वीचितवनको राप्ती नगरपालिकास्थित हर्दिमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

प्रहरीले ग्यास बुलेटलाई नियन्त्रणमा लिएको छ ।

पूर्वबाट पश्चिम तर्फ आउदै गरेको ईण्डियन नम्बरको ग्यास बुलेटले सोही दिशाबाट आई रहेको प्रदेश नं.३–००२ प ११८ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिदा मोटरसाइकलमा सवार राप्ति–५ बस्ने ३० वर्षीय नवराज दनै र सोही स्थानका २२ वर्षीय सचिन दनैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

पूर्वी चितवनको राप्ती नगरपालिकास्थित भण्डारा चोकमा स्थानीयले अहिले टायर बालेर प्रदर्शन गरिरहेको छ ।

स्थानीय दुई जना युवाको ग्यास बुलेटको ठक्करबाट मृत्यु भएपछि आक्रोशित स्थानीयबासी अहिले प्रदर्शन गरिरहेका छन् । उनीहरु आगो लगाएसंगै नाराबाजी गरेका छन् ।

सोही क्रममा स्थानीय र प्रहरीबीच केही समय झडपको स्थिति सिर्जना भएको थियो । स्थानीयले प्रहरीको संचार सेट समेत खोसेर लगेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ