तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर गुरुङलाई कोरोना संक्रमण पुष्टि

तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर गुरुङलाई कोरोना संक्रमण पुष्टि

Kishan Gurung Shuklagandaki

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिका स्वास्थ्य शाखा कार्यालयका अनुसार मंगलबार मेयर गुरुङको रिपोर्ट पोजेटिभ आएको हो ।

कन्ट्रयाक ट्रेसिङमा परेका ५० बर्षिय गुरुङले आइतबार नमुना परीक्षणका लागि स्वाव दिएका थिए ।

मेयर गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले घरमै आइसोलेट भएर बस्नु भएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।

त्यस्तै मंगलबार तनहुँमा ११ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ