पोखरा – बुधबार कास्कीका ६७ सहित गण्डकीमा थप १६५ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयद्वारा आज जारी ६ वटा विज्ञप्ति अनुसार गण्डकीमा पछिल्लो २४ घन्टामा गरिएको ४०१ परीक्षण मध्ये थप १६५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आज थपिएका संक्रमित प्रदेशका ८ जिल्लाका छन् । जसअनुसार कास्कीमा ६७ जना, तनहुँमा ११ जना, गोरखामा ३ जना, लमजुङमा २ जना, नवलपुरमा ६३ जना, स्याङ्गजामा ६ जना, पर्वतमा ५ जना र बाग्लुङका ८ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज पुष्टि भएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ४ सय ७९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा गण्डकीबाट ४८ जना कोरोना मुक्त भएका छन् । यो संगै, कोरोना संक्रमणलाई परास्त गर्दै घर फर्किनेको संख्या ६ हजार ५ सय ९४ पुगेको छ ।
कोरोना संक्रमणका कारण बुधबार पोखरा महानगरपालिका वडा नं -१० निवासी ७६ वर्षीय पुरुषको मृत्यु पुष्टि भएको छ । आज पुष्टि भएका थप मृतक संगै गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४२ पुगेको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
संक्रमितहरु कुन – कुन जिल्ला र कुन वडाका ? – विस्तृतमा हेर्नुहोस् ।








सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु