दीपक मनाङेकी श्रीमती चोरी तथा डाँका मुद्धामा हेटौंडाबाट पक्राउ

दीपक मनाङेकी श्रीमती चोरी तथा डाँका मुद्धामा हेटौंडाबाट पक्राउ

woman_arrest_

File Photo

हेटौंडा – गण्डकी प्रदेश सभा सांसद दीपक मनाङेकी श्रीमती हेटौंडाबाट पक्राउ परेकी छिन् ।

जिल्ला अदालत कास्कीको चोरी तथा डाँका मुद्धाको फरार सूचीमा रहेकी ३५ वर्षीया दिछेन डोल्मा लामालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रमा लिएको हो ।

हेटौंडा उपमहानगरपालिका -१२ मा माइतीमै बस्दै आएकी उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पठाएको फरार सूचीको पत्र अनुसार आफ्नै कामले प्रहरी कार्यालयमा आएका बेला नियन्त्रणमा लिइएको हो । प्रहरी नियन्त्रणमा रहेकी लामालाई जिल्ला प्रहरी कास्कीमा बुझाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds