तनहुँको भानुमा काठे खोरमा पर्‍यो अर्को चितुवा

तनहुँको भानुमा काठे खोरमा पर्‍यो अर्को चितुवा

Kathe khor bhanu

तनहुँ । तनहुँमा बिहिवार अर्को चितुवा खोरमा परेको छ ।

जिल्लाको भानु नगरपालिका वडा नं २ स्थित मझुवा ओख्ले सामुदायिक बनमा थापिएको खोरमा चितुवा परेको हो ।

७-८ वर्ष जतिको अन्दाजी किलोग्राम तौल भएको पोथी चितुवा खोरमा परेको सहायक बन अधिकृत सुरेश कुमार भुजेलले जानकारी दिए । उनले भने ‘ नियन्त्रणमा लिईएको चितुवा स्थानन्तरण गर्न छलफल भईरहेको छ ।’

उक्त सामुदायिक बनमा दोस्रोपटक चितुवा खोरमा परेको हो । सोही खोरमा तनहुँ कै पहिलोपटक चितुवाको परेको थियो ।

योसंगै तनहुँमा खोरमा पर्ने चितुवाको संख्या ११ पुगेको डिभिजन बन कार्यालय तनहुँले जनाएको छ ।

गत मंसिर ६ गते पनि एउटा चितुवा आँबुखैरेनी-२ स्थित पौवाको बनमा राखिएको फलामे खोरमा परेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ