पोखरा – गएको सोमबार प्याराग्लाईडिङ दुर्घटनामा परी गम्भीर घाइते भएकी काठमाण्डौकी २८ वर्षीया शिला श्रेष्ठको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको फिस्टेल प्याराग्लाईडिङले जानकारी दिएको छ ।
हात खुट्टा र ढाडमा चोट लागेर गम्भीर घाइते श्रेष्ठको काठमाण्डौस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेकोमा बुधबार मात्रै ढाडको सफल अपरेशन सम्पन्न भएको फिस्टेल प्याराग्लाईडिङ तर्फका प्रतिनिधी तथा प्यारा पाइलट प्रकाश श्रेष्ठले गण्डक न्युजलाई जानकारी दिए ।
श्रेष्ठले भने – “अहिले दोहोरो कुराकानी गर्न सक्नुहुन्छ, हिजो मात्र ढाडको सफल अपरेशन सम्पन्न भएको छ, यद्यपी अझैपनि हात र खुट्टाको उपचार भइरहेको छ, जे होस् अब खतरामुक्त हुनुहुन्छ ।”
गत सोमबार दिउँसो अन्दाजी १ बजे पोखरा महानगरपालिका वडा नम्वर – १८ सराङकोटबाट उडेको फिष्टेल कम्पनीको प्याराग्लाईडिङ उडान भरेर ल्याण्ड गर्ने क्रममा सोही वडाको क्यामचोकमा दुर्घटना हुँदा प्याराग्लाईडिङमा सवार प्यारा पाइलट पोखरा -२८ कालिका घर भइ हाल पोखरा -६ लेकसाइड बस्दै आएका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको थियो ।
दुर्घटनामा प्याराग्लाईडिङमा सवार काठमाण्डौ जिल्ला बुढानिलकन्ठ नगरपालिका -२ वासिकु बस्ने २८ वर्षीया शिला श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि हेलिकप्टर मार्फत सोमबार नै काठमान्डौ लगिएको थियो ।
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?