तनहुँ आँबुखैरेनीको खहरेमा बस खस्यो, २० जना घाइते (भिडिओ सहित)

तनहुँ आँबुखैरेनीको खहरेमा बस खस्यो, २० जना घाइते (भिडिओ सहित)

Bus Accident Aabukhaireni Khahare

तनहुँ । तनहुँको आँबुखैरेनीमा बस दुर्घटना भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी-३ खहरेमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँ छ ।

उक्त दुर्घटनामा परी २० जना घाइते भएका छन् । १७ जना बसका हुन् भने ३ जना (बच्चासहित) स्कुटरमा सवार व्यक्ति हुन् ।

डुम्रेबाट मुग्लिन तर्फ जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको ना २५ प ५२५४ नम्बरको स्कुटर दुर्घटना भएको हो ।

घाइतेमध्ये २ जनालाई चितवन मेडिकल कलेज र एक जनालाई पोखरा पठाईएको प्रहरीले जनाएको छ । अन्य आँबुखैरेनीको स्थानिय अस्पतालमा उपचार भईरहेको छ ।

बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

भिडिओ :

https://youtu.be/jCwZRlR7wvU

तस्बिर/भिडिओ : निरज श्रेष्ठ

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ