पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय मंगलबारदेखि खुला गरिएको छ । विश्वव्यापी कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले २०७६ चैत ११ देखि सुरु गरेको बन्दाबन्दीका कारण विगत आठ महिनादेखि संग्रहालय बन्द थियो ।
नेपाल पर्वतारोहण संघद्वारा स्थापना गरी सञ्चालनमा आएको सो संग्रहालयमा खुला भएको पहिलो दिन ३३ पर्यटकले अवलोकन गरेको संग्रहालयका निर्देशक शंकर गौतमले जानकारी दिए । उनका अनुसार माक्स, स्यानिटाइजरलगायत स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गरी संग्रहालय सञ्चालनमा ल्याइएको छ ।
संग्रहालय अवलोकनका लागि विद्यार्थी ५०, नेपालीलाई १ सय, सार्कका लाई २ सय र बाह्य पर्यटकलाई ५ सय र गार्डेनका लागि ३० को टिकट व्यवस्था गरिएको छ ।
संग्रहालयमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जनजीवन झल्कने सामग्रीलगायत विश्वका हिमचुचुरामा आजसम्म भए गरेका गतिविधि, पर्वतमाला, जलवायु परिवर्तनको असर, चट्टान तथा जीवजन्तु राखिएको छ ।
करिब साढे ४ रोपनी क्षेत्रफल ओगटेको सङ्ग्रहालय भवनमा पर्वतारोहण, पदयात्री, हिउँचिप्लेटी, शिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी, उपकरण संकलन र जानकारीमूलक सामग्रीसमेत प्रदर्शनमा राखिएको छ ।
कोरोना संक्रमणका बाबजुत पनि लामो समयपछि भ्रमणको लागि पर्यटकीय नागरी पोखरा आएका अन्तरिक पर्यटकका लागि संग्रहालय खुलेसँगै थप गन्तव्य बन्ने विश्वास निर्देशक गौतमको रहेको छ । कर्मचारी र अवलोकनकर्ताका लागि उचित सतर्कता अपनाइएको उनको दाबी छ । -रासस
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ