पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय मंगलबारदेखि खुला गरिएको छ । विश्वव्यापी कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले २०७६ चैत ११ देखि सुरु गरेको बन्दाबन्दीका कारण विगत आठ महिनादेखि संग्रहालय बन्द थियो ।
नेपाल पर्वतारोहण संघद्वारा स्थापना गरी सञ्चालनमा आएको सो संग्रहालयमा खुला भएको पहिलो दिन ३३ पर्यटकले अवलोकन गरेको संग्रहालयका निर्देशक शंकर गौतमले जानकारी दिए । उनका अनुसार माक्स, स्यानिटाइजरलगायत स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गरी संग्रहालय सञ्चालनमा ल्याइएको छ ।
संग्रहालय अवलोकनका लागि विद्यार्थी ५०, नेपालीलाई १ सय, सार्कका लाई २ सय र बाह्य पर्यटकलाई ५ सय र गार्डेनका लागि ३० को टिकट व्यवस्था गरिएको छ ।
संग्रहालयमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जनजीवन झल्कने सामग्रीलगायत विश्वका हिमचुचुरामा आजसम्म भए गरेका गतिविधि, पर्वतमाला, जलवायु परिवर्तनको असर, चट्टान तथा जीवजन्तु राखिएको छ ।
करिब साढे ४ रोपनी क्षेत्रफल ओगटेको सङ्ग्रहालय भवनमा पर्वतारोहण, पदयात्री, हिउँचिप्लेटी, शिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी, उपकरण संकलन र जानकारीमूलक सामग्रीसमेत प्रदर्शनमा राखिएको छ ।
कोरोना संक्रमणका बाबजुत पनि लामो समयपछि भ्रमणको लागि पर्यटकीय नागरी पोखरा आएका अन्तरिक पर्यटकका लागि संग्रहालय खुलेसँगै थप गन्तव्य बन्ने विश्वास निर्देशक गौतमको रहेको छ । कर्मचारी र अवलोकनकर्ताका लागि उचित सतर्कता अपनाइएको उनको दाबी छ । -रासस
सम्बन्धित खबर
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पोखरासहित गण्डकी क्षेत्रमा सार्वजनिक यातायातमा विद्युतीय साधन बढ्दै
पोखरा–मुग्लिन सडक खण्डमा विजयपुर खोलासहित चार ठाउँमा पुल बनाइँदै
लेकसाइडमा स्कुटरलाई ठक्कर दिएर भागेका कुशल पक्राउ
गण्डकी प्रहरी प्रमुख बनिन् डीआईजी दुर्गा
पुतलीबजार पूर्ण खोप सुनिश्चितता नगर घोषित
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग