बृद्धाश्रम गएगुज्रेको ठाउँ हो, कोहि जानु नपरोस्: प्रदेश स्वास्थ्य निर्देशक शर्मा

बृद्धाश्रम गएगुज्रेको ठाउँ हो, कोहि जानु नपरोस्: प्रदेश स्वास्थ्य निर्देशक शर्मा

binod bindu

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले घरपरिवारबाट हेला र असहयोग भएर शरण लिन बाध्य बृद्धबृद्धाको आश्रयस्थलमाथि तीतो टिप्पणी गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक महाशाखाले पोखरामा आयोजना गरेको ‘जेष्ठ नागरिकको स्वास्थ्य अवस्था र नीतिगत अवस्था’ विषयक छलफल कार्यक्रममा बोल्ने क्रममा उनले वृद्धाश्रम गएगुज्रेको ठाउँ भएको बताए ।

उनले गएगुज्रेको ठाउँमा कोहि पनि जाने अवस्था बनाउन नहुने उल्लेख गरे । ‘कोहि पनि बृद्धाश्रममा बस्न चाहँदैनौ, के हामी वृद्धाश्रममा बस्न सक्छौं ?’ उनको प्रश्न थियो ।

डा. शर्माले थपे – ‘वृद्धाश्रम कसैको जन्मदिन, एनिभर्सरी, पूण्य तिथि वा त्यस्तै केहि विशेष दिनमा खाद्य सामग्री र कपडाको पोको बोकेर जाने ठाउँ भएकाले त्यस्तो ठाउँमा कसैलेपनि आफ्नो जीवन वितोस् भन्ने चाहन्नन् ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds