पोखरामा ७१ वर्षीया वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ

पोखरामा ७१ वर्षीया वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ

Untitled

पोखरा – ७१ वर्षिया वृद्धालाई जबर्जस्ती करणी उद्योग गरेको अभियोगमा कास्की प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं -१९ पुरन्चौर बस्ने ३४ वर्षीय घनश्याम गिरी रहेका छन् ।

प्रहरीका अनुसार गिरीले मंगलबार राति अन्दाजी १० बजेको समयमा ७१ वर्षीया एकल वृद्धा आफ्नै घरभित्र सुतिरहेको अवस्थामा घरभित्र प्रवेश गरी जबर्जस्ती करणी गरेका थिए ।

वृद्धामाथि जबर्जस्ती करणी उद्योग गरेको जाहेरीका आधारमा प्रहरीले आरोपी गिरीलाई पक्राउ गरी जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी जबर्जस्ती करणी कसूरमा अनुसन्धान प्रक्रिया अगाडी बढाएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds