पाेखरा पर्यटन परिषद् अध्यक्षमा गाेपी भट्टराई

पाेखरा पर्यटन परिषद् अध्यक्षमा गाेपी भट्टराई

gopi bhattarai

पोखरा पर्यटन परिषद् अध्यक्षमा गोपीबहादुर भट्टराई निर्वाचित भएका छन् । पोखरामा शुक्रबार भएको परिषद्को ११ औं अधिवेशनबाट अध्यक्षमा गोपीसहित कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

परिषद् उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले चयन भएका छन् । सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भए । बाँकी २ सदस्य कार्यसमितिको बैठकले चयन प्रावधान छ ।

अधिवेशन उद्घाटन शुक्रबार नै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए । कार्यक्रममा पर्यटन क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार सन्तोष पोखरेललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ