पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराको फेवातालको सिमाङ्कनको काम तीन महिनाभित्र सकिने बताएका छन् । पोखरा पर्यटन परिषदको २० औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको उद्घाटन गर्दै उनले लामो समयदेखि विवादित रुपमा रहेको सिमाङ्कनको काम सकेर मुआब्जा वितरणमा लाग्ने बताए ।
उनले नेपाल ट्रस्ट अन्र्तगत रहेको फेवाताल किनारमा अवस्थीत हिमागृह, रत्न मन्दिर सर्बसाधारणका लागि छिट्टै खुल्ला गरिने बताए । ४ महिना अघि खुला गरिसक्ने निर्णय भएपनि विभिन्न कारणले रोकिएको भन्दै उनले यो प्रक्रिया छिट्टै टुङ्गिने जिकिर गरे ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले कोभिड–१९ का कारण पोखराको पर्यटन क्षेत्र विषम र कष्टकर अवस्थामा रहेको बताए । विगत ५० वर्षदेखी यहाँको पर्यटनमा द्वन्द, भूकम्प, नाकाबन्दी र अहिले कोरोनाका कारण समस्याबाट गुज्रिरहेको पर्यटन क्षेत्रलाई उकास्न जोड दिएर सबै क्षेत्र लाग्नुपर्ने अवस्था आएको बताए ।
कार्यक्रममा पर्यटन क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार सन्तोष पोखरेललाई सम्मान गरिएको थियो ।अधिवेशनले परिषद्को अध्यक्षमा गोपीबहादुर भट्टराईलाई चयन पनि गरेको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह