गण्डकी प्रदेश सरकारले प्रदेशसभाबाट हालसम्म पारित कानूनहरुको सङ्ग्रह पुस्तकका रुपमा प्रकाशनमा ल्याएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले विभिन्न चार खण्डमा विभाजन गरी प्रकाशनमा ल्याएको चार वटा सङ्ग्रह पुस्तकको आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विमोचन गरे ।
गण्डकी प्रदेशसभा गठनपछि सभाबाट हालसम्म ४६ ऐन पारित भएकामा त्यसमध्य ४४ वटा पुस्तिकामा समावेश गरिएको छ । प्रदेशले पारित गरेका ऐन कानून स्थानीय तह, अदालत लगायतका कानूून कार्यान्वयन गर्ने एकाइहरुमा नपुग्दा प्रदेश कानूनका बारेमा ती निकायहरु बेखबर बन्ने अवस्था आउन नदिन सङ्ग्रह प्रकाशनमा ल्याइएको र सबै निकायहरुमा उपलव्ध गराइने मन्त्री चुमानले बताए ।
प्रदेशको एकल अधिकार सूचीमा रहेका कानून संविधानसँग नबाझिने गरी बनाउने गरिएको बताउँदै मन्त्री चुमानले भने, “ एकल अधिकार सूचीका कानून बनाउँदा संविधानसँग नबाझिने गरी बनाएका छौँ । कतिपय साझा अधिकार सूचीमा रहेका विषयमा सङ्घमा कानून नबन्दा प्रदेशलाई अप्ठ्यारो भएपनि सङ्घको मापदण्ड र आधार अनुसार कानून निर्माण गरेका छौँ ।”
मन्त्री चुमानले प्रदेश सरकारलाई आवश्यक पर्ने ऐन कानूनहरु निर्माण गरिसकेको बताउँदै कतिपय कार्यान्वयनको क्रममा संशोधन आवश्यक रहेको बताए । प्रदेश ऐन सङ्ग्रहको पहिलो खण्डमा प्रदेशस्तरका आयोग/निकाय, आन्तरिक प्रशासन, सुशासन, प्रदेश सभा, स्थानीय तह, शान्ति सुरक्षा, सञ्चार, न्याय प्रशासनसँग सम्वन्धित ऐनहरु समावेश छ ।
यसैगरी दोस्रो खण्डमा राजश्व, आर्थिक प्रशासन,यातायात,जलस्रोत उर्जा तथा भौतिक पूर्वाधारसँग सम्वन्धित कानून, तेस्रो खण्डमा उद्योग वाणिज्य,पर्यटन,वन वातावरण,विज्ञान प्रविधि,खाद्य,कृषि,सहकारी र भूमिसँग सम्वन्धित कानून छन् ।
चौथो खण्डमा शिक्षा,स्वास्थ्य,खेलकूद,महिला,बालबालिका,समाज कल्याण तथा संस्कृतिसँग सम्वन्धित विषय छन् ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो