पोखरा हार्डवयर एसोसिएसनको अध्यक्षमा शेषकान्त ढकाल निर्वाचित भएका छन् । संस्थाको शनिबार भएको २७ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनले ढकालनको नेतृत्वमा समिति चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष र सदस्यको बैठकले शनिबार नै पदाधिकारी तया जिम्मेवारी बाँडफाँट गरेको छ । उपाध्यक्षमा पृथ्वीराज तिमिल्सिना र अर्जुनबहादुर थापा, महासचिवमा कृष्णप्रसाद कोइराला, सचिवमा दिवसमान प्रधानांग र कोषाध्यक्षमा राजेन्द्र भण्डारी चयन भएका छन् ।
सदस्यमा क्रमश शंकर ओझा, प्रकाशचन्द्र घिमिरे, प्रतापराज पौडेल, रामेश्वर आचार्य, अमरबहादुर केसी निर्वाचित भए । पहिलो बैठकले सुलोस कुँवर, विनोद केसी र सन्दिप कुवरलाई सदस्यमा मनोनयन गरेको छ ।
संस्थाका अध्यक्ष कृष्णमुरारी आचार्य ‘वनमाली’ को अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष योग्रेन्द्र प्रधान प्रमुख अतिथि थिए । निर्वाचन अधिकृत अधिवक्ता सुकदेव गौतमले निर्वाचित टिमको घोषणा तथा पद र गोपनीयताको सपथ गराए ।
कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहाकार महेश पराजुली र प्रेमप्रसाद पौडेल, पूर्व अध्यक्ष अर्जुन बन्जरा, लेखनाथ हार्डवयर एसोसिएसनका निवर्तमान अध्यक्ष शैलेन्द्रमोहन भट्टराई लगायतले भनाइ राखे ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन