कोरोना संक्रमणका कारण पोखराका थप २ जनाको मृत्यु पुष्टि

कोरोना संक्रमणका कारण पोखराका थप २ जनाको मृत्यु पुष्टि

corona-death

सांकेतिक तस्बिर ।

पोखरा – कोरोना संक्रमणका कारण सोमबार थप दुई जनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा आज जारी पहिलो अद्यावधिक विवरण अनुसार कास्कीको पोखरा महानगरपालिकाका थप दुई संक्रमितको मृत्यु पुष्टि भएको हो ।

मृतक मध्ये पहिलो पोखरा महानगरपालिका वडा नं -३ निवासी ६५ वर्षीय पुरुष रहेका छन् ।

गत मंसिर ८ गते कोरोना पोजेटिभ देखिएर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका उनको आइतबार अपराहन्न ४:३३ बजे मृत्यु भएको निर्देशनालयले पुष्टि गरेको छ ।

यस्तै पोखरा महानगर पालिका -१६ निवासी ५७ वर्षीया संक्रमित महिलाको आज बिहान ४:०० बजे मृत्यु भएको छ । गत शुक्रबार कोरोना पोजेटिभ देखिएर उपचारका लागि चरक मेमोरियल अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा मृत्यु भएको हो । मृतक महिलामा निमोनिया, सुगर लगायत मृगौलाको समस्या रहेको  अस्पतालले जनाएको छ ।

 यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५६ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds