तनहुँ । तनहुँमा ५ वटा अस्पतालको शिलान्यास गरिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकाको राईपुर स्वास्थ्य चौकी र भिमाद नगरपालिकाको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा १५/१५ शय्याको अस्पताल स्थापना हुने भएको छ ।
शुक्लागण्डकीको राईपुरमा आइतबार नै अस्पताल शिलान्यास गरिएको हो भने अन्य ४ वटा अस्पताल सोमबार शिलान्यास गरिएको हो । जिल्लाको भानु नगरपालिकामा भने शिलान्यास रोकिएको छ ।
त्यस्तै जिल्लाको रिसिङ, देवघाट र म्याग्दे गाउँपालिकामा १०/१० शय्याका अस्पतालको शिलान्यास गरिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए।

देवघाट गाउँपालिकामा बन्न लागेको अस्पतालको शिलान्यास तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्ण कुमार श्रेष्ठ (किसान), भिमाद नगरापालिकाको अस्पतालको शिलान्यास तनहुँ क्षेत्र नम्बर २ का सांसद केदार सिग्देल, शुक्लागण्डकी नगरपालिकाको राईपुरमा बन्न लागेको अस्पतालको शिलान्यास गण्डकी प्रदेशकी प्रदेश सभा सदस्य आशा कोइराला, म्याग्दे गाउँपालिकाको थर्पुमा बन्न लागेको अस्पतालको शिलान्यास गाउँपालिकाकी अध्यक्ष माया राना, रिसिङ गाउँपालिकामा बन्ने अस्पतालको शिलान्यास गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गरेका हुन् ।
१० शय्याको अस्पतालमा दुईजना मेडिकल अफिसरसहित १७ जना र १५ शय्याको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटिनेछन् । आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा ती अस्पतालले दिनेछन् ।
सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरेको छ ।
ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ स्थानीय तह पाँचदेखि १५ श्ययाको अस्पताल बनाउनका लागि थालेको हो ।
दुई वर्षभित्र सबै अस्पताल निर्माण गरेर सञ्चालन गरिसक्ने सरकारको लक्ष्य छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै अस्पतालहरु एउटै डिजाइनका हुनेछन् ।
तीन सय ९६ स्थानीय तहमा भवन निर्माणका लागि यो वर्ष ६ अर्ब १२ करोड २६ लाख निकासा गरिएको छ । अस्पताल निर्माण र उपकरण जडान गर्न करिब ५८ अर्ब खर्च हुने अनुमान छ । अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरिसकेको छ ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह