सोमबार कास्कीका ४५ सहित गण्डकीमा थप ९१ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

सोमबार कास्कीका ४५ सहित गण्डकीमा थप ९१ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

Gandaki covid corona 4

पोखरा – सोमबार कास्कीका ४५ सहित गण्डकीमा थप ९१ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा आज जारी सातवटा विज्ञप्ति अनुसार गण्डकीका जम्मा २७५ जनामा गरिएको परीक्षण मध्ये थप ९१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ८ जिल्लाका छन् । जस अनुसार कास्कीको पोखरामा ४५ जना, तनहुँमा २  जना, गोरखामा १२ जना, नवलपुरमा ४ जना, स्याङ्गजामा ७ जना, बाग्लुङमा ८ जना, म्याग्दीमा १० र मुस्ताङ जिल्लाका थप ३ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ५८ पुगेको छ  ।

यस्तै पछिल्लो २४ घन्टामा १६२ जना कोरोना मुक्त भएका छन् । यो संगै, गण्डकीमा कोरना संक्रमणलाई जितेर घर फर्किनेको संख्या ७ हजार ७२ पुगेको छ ।

सोमबार पनि गण्डकीमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु पुष्टि भएको छ । आज पुष्टि भएका मृतकमा कास्कीको पोखरा महानगरपालिका -३ निवासी ६५ वर्षीय वृद्ध, पोखरा -१६ निवासी ५७ वर्षीया महिला, पोखरा -१८ का ५१ वर्षीय पुरुष,  स्याङ्गजा जिल्ला वालिङ नगरपालिका -१४ का ६७ वर्षीय वृद्ध र पोखरा -१३ निवासी ७८ वर्षीया वृद्धा रहेका छन् ।

माथी उल्लेखित मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५९ पुगेको निर्देशनालयका प्रमुख डा . विनोद विन्दु शर्माले जानकारी दिए ।

विस्तृतमा हेर्नुहोस् –  

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds