पोखराका होटल व्यवसायी तुलाचनको ह्याम्स हस्पिटलमा निधन

पोखराका होटल व्यवसायी तुलाचनको ह्याम्स हस्पिटलमा निधन

Surya-Tulachan-PIC

पोखराका पूराना होटल व्यवसायी सूर्य तुलाचनको निधन भएको छ । महेन्द्रपुल स्थित न्यू सांग्रिला होटलका सञ्चालक उनी पृथ्वी होटल व्यवसायी समितिका उपाध्यक्ष पनि हुन् ।

काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा ५८ बर्षको उमेरमा उनको निधन भएको हो । गत कात्तिक २४ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई निमोनियाले ग्रस्त बनाएपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो । अस्पतालमै उपचाररत रहँदा कोरोनाको रिपोर्ट नेगेटिभ आइसकेपनि निमोनिया बिग्रेर निधन भएको नातेदार सुन्दरकुमार थकालीले जानकारी दिए ।

रिपोर्ट नेगेटिभ भइसकेपछि आफ्नै संस्कार अनुसार काठमाडौं स्वयम्भुमा अन्त्येष्टी गरेर परिवार पोखरा फर्किसकिएको छ । मुस्ताङको घाँसा पुर्ख्यौली घर भएका तुलाचनको परिवार कास्कीको अन्नपूर्ण गाउँपालिका लुम्ले हुँदै २०५० सालमा पोखरा झरेका थिए ।

तुलाचन थकाली सेवा समितिका कार्यसमिति सदस्य पनि हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ