पोखरामा ३ जना बालकलाई यौन शोषण गरिरहेको अवस्थामा फ्रेन्च नागरिक पक्राउ

पोखरामा ३ जना बालकलाई यौन शोषण गरिरहेको अवस्थामा फ्रेन्च नागरिक पक्राउ

arrest

सांकेतिक तस्बिर

कास्की – बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको अभियोगमा कास्की प्रहरीले एक फ्रेन्च  नागरिकलाई पक्राउ गरेको छ

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं -६ खहरे लेकसाइड बस्दै आएका फ्रेन्च नागरिक राहदानी नम्बर १२ ए एक्स २६६६७९ बाहक ६० वर्षीय क्रिष्चियन सर्ज हेनरी नउगारेट रहेका छन् ।

प्रहरीका अनुसार उनले पोखरा -१७ बिरौटा पावरहाउस फुस्रेखोलास्थित बगरमा ७ वर्षीय, ८ वर्षीय र १२ वर्षीय गरी तीनजना बालकलाई बाल यौन शोषण गरिरहेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले कास्की प्रहरीको सहयोगमा पक्राउ गरेको हो  । पेशाले कम्प्युटर ईन्जिनियर रहेका उनी ‘नन टुरिष्ट भिसा’मा नेपालमा बसोबास गरिरहेको खुल्न आएको छ ।

बिभिन्न हिसाबले नेपाल प्रवेश गरेका तथा नेपालमा आई बसेका केही विदेशी नागरिकहरु बाल यौन दुरुपयोग/शोषण कार्यमा संलग्न रहेको भन्ने सूचनाको आधारमा उक्त ब्यूरोबाट विशेष सूचना परिचालन तथा कारवाही गर्ने क्रममा उनलाई फेला पारी पक्राउ गरेको ब्यूरोले जनाएको छ  ।

हाल प्रहरी नियन्त्रमा रहेका उनलाई बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको छ । साथै पीडित ३ जना नाबालकलाई उद्धार गरी अभिभावकलाई जिम्मा लगाइएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds