तनहुँको दक्षिणी भाग जोड्न सुँडेको सेती नदिमा मोटरेबल पुल

तनहुँको दक्षिणी भाग जोड्न सुँडेको सेती नदिमा मोटरेबल पुल

IMG_20201201_135037

तनहुँ । तनहुँको व्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्ने सेती नदिमा मोटरेबल पुल बनेको छ ।

व्यास-१३ र रिसिङ-१ जोड्ने मोटरेबल पुलको मंगलबार उद्घाटन गरिएको हो । सुँडे स्थित सेती नदिमा बनेको मोटरेबल पुलको मंगलबार प्रमुख अतिथि नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गरेका हुन् ।

सो अवसरमा पौडेलले भने पुल बनेपछि जिल्लाको विकट दक्षिणी क्षेत्रका स्थानीयलाई सहज हुने बताए । गाउँमा कृषि उत्पादन गरि बजारमा बिक्री गर्न अब झनै सजिलो हुने वरिष्ठ नेता पौडेल बताउँछन् । उनले भने ‘गाउँमा रोजगारीको अवसर सिर्जना गर्नुपर्छ ।’ गाउँमा रोजगारी अवसर सिर्जना गरेर श्रमशक्तिलाई गाउँ मै राख्नुपर्ने वरिष्ठ नेता पौडेलले बताए ।

उक्त पुलको लम्बाई १०५ मिटर रहेको छ । २०७१ असार २९ गते सम्झौता भएको पुल २०७७ वैशाख ३० गते निर्माण सम्पन्न भएको हो ।

सो पुलको सम्झौता रकम ९ करोड ५१ लाख ४४ हजार ३६६ रुपैयाँमा भएपनी १० करोड ७१ लाख २७८ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

सो पुलले दमौली संग जिल्लाको दक्षिणी क्षेत्रको बैदि, कोटा, छिपछिपे जोड्छ ।

मेरो सिद्धान्त निमुखालाई न्याय, विपन्नलाई आय – वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल आफुलाई सिद्धान्तमा राजनीति गर्ने नेता भएको बताउछन । ‘म चाहिँ एउटा सिद्धान्तमा राजनीति गर्ने मान्छे हो । वरिष्ठ नेता पौडेलले भने ‘मेरो सिद्धान्त भनेको निमुखालाई न्याय, विपन्नलाई आय ।’

गाउँ गाउँमा सेवा सुविधा पुर्याएर बसौं बसौं बनाउनुपर्ने नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

गाउँमा रोजगारी अवसर सिर्जना गरेर श्रमशक्तिलाई गाउँ मै राख्नुपर्ने वरिष्ठ नेता पौडेलले बताउनुभयो । ‘हामिले हाम्रो सरकार हुँदा गाउँ गाउँमा खानेपानी, सडक, स्कुल पुर्याएका छौं ।’ वरिष्ठ नेता पौडेलले भने ‘अब गाउँमै रोजगारी र आम्दानीको अवस्था सिर्जना गर्नुपर्छ ।’

तल्लो तहबाट विकास गर्ने मान्छे आफु भएको नेता पौडेलले बताउछन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ