तनहुँ । तनहुँको व्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्ने सेती नदिमा मोटरेबल पुल बनेको छ ।
व्यास-१३ र रिसिङ-१ जोड्ने मोटरेबल पुलको मंगलबार उद्घाटन गरिएको हो । सुँडे स्थित सेती नदिमा बनेको मोटरेबल पुलको मंगलबार प्रमुख अतिथि नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गरेका हुन् ।
सो अवसरमा पौडेलले भने पुल बनेपछि जिल्लाको विकट दक्षिणी क्षेत्रका स्थानीयलाई सहज हुने बताए । गाउँमा कृषि उत्पादन गरि बजारमा बिक्री गर्न अब झनै सजिलो हुने वरिष्ठ नेता पौडेल बताउँछन् । उनले भने ‘गाउँमा रोजगारीको अवसर सिर्जना गर्नुपर्छ ।’ गाउँमा रोजगारी अवसर सिर्जना गरेर श्रमशक्तिलाई गाउँ मै राख्नुपर्ने वरिष्ठ नेता पौडेलले बताए ।

उक्त पुलको लम्बाई १०५ मिटर रहेको छ । २०७१ असार २९ गते सम्झौता भएको पुल २०७७ वैशाख ३० गते निर्माण सम्पन्न भएको हो ।
सो पुलको सम्झौता रकम ९ करोड ५१ लाख ४४ हजार ३६६ रुपैयाँमा भएपनी १० करोड ७१ लाख २७८ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।
सो पुलले दमौली संग जिल्लाको दक्षिणी क्षेत्रको बैदि, कोटा, छिपछिपे जोड्छ ।
मेरो सिद्धान्त निमुखालाई न्याय, विपन्नलाई आय – वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल आफुलाई सिद्धान्तमा राजनीति गर्ने नेता भएको बताउछन । ‘म चाहिँ एउटा सिद्धान्तमा राजनीति गर्ने मान्छे हो । वरिष्ठ नेता पौडेलले भने ‘मेरो सिद्धान्त भनेको निमुखालाई न्याय, विपन्नलाई आय ।’

गाउँ गाउँमा सेवा सुविधा पुर्याएर बसौं बसौं बनाउनुपर्ने नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।
गाउँमा रोजगारी अवसर सिर्जना गरेर श्रमशक्तिलाई गाउँ मै राख्नुपर्ने वरिष्ठ नेता पौडेलले बताउनुभयो । ‘हामिले हाम्रो सरकार हुँदा गाउँ गाउँमा खानेपानी, सडक, स्कुल पुर्याएका छौं ।’ वरिष्ठ नेता पौडेलले भने ‘अब गाउँमै रोजगारी र आम्दानीको अवस्था सिर्जना गर्नुपर्छ ।’
तल्लो तहबाट विकास गर्ने मान्छे आफु भएको नेता पौडेलले बताउछन ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ