थकाली सेवा समाज पोखराका कार्यसमिती सदस्य तथा होटल ब्यवसायी सुर्यबहादुर तुलाचनको निधन भएको चौथो दिनको पुण्यतिथिमा क्षेत्रीय थकाली सेवा समाज पोखराले बुधबार समाजको नदिपुर स्थित थकालि सेवा समाजघरमा एक श्रद्धाञ्जली सभा गरेको छ ।
श्रद्धाञ्जली सभामा थकाली सेवा समाज पोखराका अध्यक्ष शिवशंकर गौचन, सचिव रुजिन्द्र तुलाचन, समितिका सल्लाकार पुर्णप्रसाद तुलाचनतथा कार्यसमितिका सदस्य र तुलाचन परिवारका नातागोताले स्वर्गीय स्वर्गीय तुलाचनको तस्विरमा फुलमाला र खादा चढाई भावपुर्ण श्रद्धाञ्जली अर्पण गरे ।
श्रद्धाञ्जली सभामा बोल्दै थकाली सेवा समिती पोखराका क्षेत्रीय अध्यक्ष शिवशंकर गौचनले स्वर्गिय सुर्यबहादुर तुलाचनको निधनले सस्थालाई अपुरणिय क्षति पुगेको बताए । उनले स्व. तुलाचन एक कर्तब्यनिष्ट मिलनसार, इमान्दार र होनाहार सदस्य रहेको उल्लेख गर्दै अध्यक्ष गौचनले उहाको अभावले सस्था र थकाली समुदायलाई स्तब्ध बनाएको जनाए । संस्थाका सचिव रुजिन्द्र गौचनले समितिका ईमान्दार र जुझारु ब्यती सुर्य बहादुर तुलाचनको योगदानको चर्चा गरे । उनले संस्था र समाजको कामकाजमा निरन्तर खटिने तुलाचन हाम्रालाई पथप्रदशक भएको र तुलाचनको स्मरण पछिसम्म रहने बताए ।
यस्तै, थकाली सेवा समाजका सल्लाहाकार पुर्णप्रसाद तुलाचनले स्वर्गिय तुलाचनको पृष्टभूमि र योगदानको चर्चा गरे । उनले स्व. तुलाचन परिवारलाई चार देवताले रक्षा गरोस भनी सान्त्वना प्रकट गरे ।
यसअघि, स्वर्गिय तुलाचनको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । थकाली सेवा समाजले स्व तुलाचनको निधनमा शोक प्रस्ताब समेत पारित गरेको जनाएको छ । थकाली सेवा समितिका सदस्य स्व. तुलाचन पोखरा महेन्द्रपुलका होटल ब्यवसायी हुन । उनी पृथ्वी होट्ल व्यवसायी समितिका उपाध्यक्ष, तुलाचन बर्गका केन्दिय सचिवको जिम्मेवारी निभाएका थिए । ३ साता अघि निमोनिया रोगले थला परेका उनको गत आईतबार उपचारका क्रममा काठमान्डौमा निधन भएको थकाली सेवा समिति पोखराले जनाएको छ ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’