पक्राउ परेका काँग्रेस नेता रामचन्द्र पौडेल रिहा, भोलि पनि आन्दोलन गर्ने तनहुँ काँग्रेसको घोषणा

पक्राउ परेका काँग्रेस नेता रामचन्द्र पौडेल रिहा, भोलि पनि आन्दोलन गर्ने तनहुँ काँग्रेसको घोषणा

Screenshot_20201202_201102

तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको छ ।

पौडेलसहित पक्राउ कांग्रेस कार्यकर्ता सबै रिहा भएका छन् । उनीहरुलाई प्रहरीले करिब ३ घण्टापछि रिहा गरेको हो ।

भोलि बिहीवार पुनः आन्दोलन गर्ने नेपाली काङ्ग्रेस तनहुँका कार्यबहाक सभापति जितप्रकाश आलेले बताए ।

उनले भने ‘हाम्रो आन्दोलन जारी छ, अन्य साथीसहित भोलि आन्दोलनमा आउनुहोला ।’

जिल्लाको व्यास-१ तालघरेबाट नेता पौडेललाई प्रहरीले पक्रेको थियो ।

पौडेल व्यास १, १० र ११ जोड्ने बुल्दी पुल उद्घाटनका लागि जाँदै थिए ।

पुल उद्घाटनका क्रममा झडप हुन सक्ने भन्दै जिल्ला प्रशासनले मध्याह्न १२ बजेदेखि साझ ६ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो ।

तर नेता पौडेलसहित काङ्ग्रेस तनहुँको जम्बो टिम निषेधाज्ञा उल्लंघन गर्दै पुल उद्घाटन गर्न पुगेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पृथ्वी राजमार्ग २ घण्टा देखि अवरुद्ध भएको थियो। प्रहरी र काङ्ग्रेस नेता कार्यकर्ता बीच झडप भएको थियो ।

काङ्ग्रेस कार्याकर्ताले ढुंगा प्रहार गरेका थिए भने प्रहरी समुहले अश्रु ग्यास प्रहार गरेको थियो ।

राजमार्गमा ढुङ्गा र टायर बालेर अवरुद्ध गरिएको थियो ।

नागरिक अधिकारमाथि नाङ्गो हस्तक्षेप भएको छ – नेता पौडेल

नागरिक अधिकारमाथि नाङ्गो हस्तक्षेप भएको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताए ।

‘आजको घटनाको देशभरी घोर भर्त्सना भएको छ ।’ नेता पौडेलले भने ‘लोकतन्त्रको रक्षा गर्ने हाम्रै हातमा छ ।’

सबै जना कम्मर कसेर तयार रहन नेता पौडेल बताउछन । भोलि पनि आन्दोलन जारी राख्ने नेता पौडेलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ