तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको छ ।
पौडेलसहित पक्राउ कांग्रेस कार्यकर्ता सबै रिहा भएका छन् । उनीहरुलाई प्रहरीले करिब ३ घण्टापछि रिहा गरेको हो ।
भोलि बिहीवार पुनः आन्दोलन गर्ने नेपाली काङ्ग्रेस तनहुँका कार्यबहाक सभापति जितप्रकाश आलेले बताए ।
उनले भने ‘हाम्रो आन्दोलन जारी छ, अन्य साथीसहित भोलि आन्दोलनमा आउनुहोला ।’
जिल्लाको व्यास-१ तालघरेबाट नेता पौडेललाई प्रहरीले पक्रेको थियो ।
पौडेल व्यास १, १० र ११ जोड्ने बुल्दी पुल उद्घाटनका लागि जाँदै थिए ।
पुल उद्घाटनका क्रममा झडप हुन सक्ने भन्दै जिल्ला प्रशासनले मध्याह्न १२ बजेदेखि साझ ६ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो ।
तर नेता पौडेलसहित काङ्ग्रेस तनहुँको जम्बो टिम निषेधाज्ञा उल्लंघन गर्दै पुल उद्घाटन गर्न पुगेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पृथ्वी राजमार्ग २ घण्टा देखि अवरुद्ध भएको थियो। प्रहरी र काङ्ग्रेस नेता कार्यकर्ता बीच झडप भएको थियो ।
काङ्ग्रेस कार्याकर्ताले ढुंगा प्रहार गरेका थिए भने प्रहरी समुहले अश्रु ग्यास प्रहार गरेको थियो ।
राजमार्गमा ढुङ्गा र टायर बालेर अवरुद्ध गरिएको थियो ।
नागरिक अधिकारमाथि नाङ्गो हस्तक्षेप भएको छ – नेता पौडेल
नागरिक अधिकारमाथि नाङ्गो हस्तक्षेप भएको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताए ।
‘आजको घटनाको देशभरी घोर भर्त्सना भएको छ ।’ नेता पौडेलले भने ‘लोकतन्त्रको रक्षा गर्ने हाम्रै हातमा छ ।’
सबै जना कम्मर कसेर तयार रहन नेता पौडेल बताउछन । भोलि पनि आन्दोलन जारी राख्ने नेता पौडेलले बताए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ