दलबलसहित अनाधिकृतरुपमा दुईवटा पुलको शिलान्यास गर्नु’हाँस्यास्पद’

दलबलसहित अनाधिकृतरुपमा दुईवटा पुलको शिलान्यास गर्नु’हाँस्यास्पद’

sdsdaklc (5)

पोखरा – गण्डकी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले तनहुँ जिल्लाको दुई स्थानका मोटरेवल पुलको उद्घाटन र त्यसबाट उत्पन्न विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा उद्घाटन गरिएको जिल्लाको सुंडे स्थित सेती नदीमा बनेको मोटरेवल पूल र ब्यास नगरपालिका -१, १० र ११ जोड्ने बुल्दीखोला मोटरेवल पुलको विषयलाई लिएर प्रदेश सरकारले एक विज्ञप्ति प्रकाशित गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो 

विज्ञप्तिमा भनिएको छ – “संघिय सरकार र गण्डकी प्रदेश सरकारको बजेट तथा कार्यक्रम अन्तर्गत निर्माणमा भएका उक्त पारियोजनाको स्वामित्व सम्बन्धित सरकार र त्यस अन्तर्गतका कार्यालय मातहत रहने हुँदा योजनाहरुको शिलान्यास र उद्घाटन पनि सम्बन्धित सरकारका निकायसंग समन्वय र व्यवस्थापनमा हुने कानुनी प्रक्रिया र मान्यता रहेको छ । सम्बन्धित सरकार र कार्यालयसंग समन्वय नै नगरी नेपाली कांग्रेसले दलबल सहित कथित उपभोक्ता समितिको आडमा अनाधिकृतरुपमा दुई वटा पुलको शिलान्यास गर्नु हास्यास्पद र लज्जासपद छ ।”

उद्घाटनको क्रममा भएको विवादको विषयलाई लिएर राजनीतिक प्रतिष्ठा बनाउनु भनेको तनहुँका सिंगो नेपाली कांग्रेस र यसका नेता तथा कार्यकर्तामा पलाएको हिनग्रन्थीले उत्पन्न वहुलठ्ठीपूर्ण क्रियाकलाप भएको आरोप विज्ञप्तिमा लगाइएको छ ।’ साथै यस्ता काम कहीकतैबाट पनि हुन नदिन सम्बन्धित सबै निकाय र सरोकारवालाको ध्यानाकर्षण पनि गराइएको छ ।

बिहीबार नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुल्दी खोला पुलको उद्घाटन गरेका छन्  । बुधबार ब्यास नगरपालिकास्थित बुल्दीखोलाको मोटरेवल पुलको उद्घाटनको विषयलाई लिएर सदरमुकाम दमौली बजार दिनभर तनावग्रस्त बनेको थियो भने, निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रहरीले नेता पौडेल सहित केही व्यक्तिलाई नियन्त्रणमा लिएर ३ घण्टापछि छाडेको थियो ।

विज्ञप्तिमा हेर्नुहोस् – 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ