तनहुँ । तनहुँको व्यास-८ स्थित रिस्ती खोला सडक पुलको गण्डकी प्रदेशका प्रदेश सभा सदस्य रामबहादुरले उद्घाटन गरेका छन ।
तनहुँको व्यास-८ बाहुनपोखरा र लमजुङको मध्यनेपाल-१ बगुवा जोड्ने मोटरेबल पुलको शुक्रबार शिलान्यास गरिएको हो ।
रिस्ती बाराहा शान्ति मार्ग अन्तरगत उक्त पुल निर्माण हुन लागेको हो ।
पुर्वाधार विकास कार्यालय तनहुँको आयोजनामा शुक्रबार गुरुङले पुलको शिलान्यास गरेका हुन ।
जिल्लामा विकास निर्माणका थुप्रै काम अगाडि बढेको कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले बताए ।
पुल शिलान्यास गर्दै सांसद गुरुङले भने ‘विधि र विधान अनुसार काम अगाडि बढाउनुपर्छ ।’
विकास निर्माण पार्टीगत विवाद नगरी एकजुट हुन जरुरी भएको सांसद गुरुङले बताए । पुर्वाधारको विकास गरे विदेश जाने प्रवृत्तिमा कमी आउने गुरुङ बताउँछन ।
उक्त पुल ४ करोड ४७ लाख २९ हजार ५३६ रुपैयाँको लागतमा निर्माण गर्न लागिएको हो । २०७८ को असार २३ गते पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
उक्त पुलको सम्झौता २०७६ पौष २३ गते भएको हो । पुलको लम्बाई ५२ मिटर रहेको छ ।
राजनैतिक पार्टी संयम हुन जरुरी रहेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठले बताए । सिमा भित्र बसेर कानुन सबैले मान्नुपर्ने श्रेष्ठले बताए ।
सो कार्यक्रममा जनताको अभिमतलाई सम्मान गर्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी व्यासनगर कमिटीका अध्यक्ष श्रीराम कार्कीले बताए ।
उनले भने ‘विकासमा कसैले पनि राजनीति गर्नुहुदैन ।’ सत्य र तथ्य नलुकाउन नहुने अध्यक्ष कार्कीले बताए ।
‘विधि स्थापित गर्न जननिर्वाचित प्रतिनिधिलाई सम्मान गर्नुपर्छ ।’ अध्यक्ष कार्कीले भने ‘विकास निर्माणमा एकजुट हुनुपर्छ ।’
बाहुनपोखरा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँ समेत हो । यतिका वर्षसम्म पनि सडक, पुल संगै अन्य विकासका काम नहुँदा पौडेलप्रति स्थानीयको आक्रोस रहने गरेको देखिन्छ ।
सम्बन्धित खबर
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
राजमार्गको अवस्था: गोरखामा पूर्ण रुपमा अवरुद्ध, म्याग्दीमा एकतर्फी
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
यो पनि पढौँ
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि बालेनले रोके संघीय निजामती अध्यादेश
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो