पोखराका सबै वडामा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल गठन

पोखराका सबै वडामा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल गठन

suchana hak

पोखरा । सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल पोखरा महानगर सञ्जालले ३३ वटै वडामा आफ्नो सञ्जाल विस्तार गरेको छ ।

महानगर सञ्जालका संयोजक कृष्ण क्षेत्रीले सूचनाको हक के हो ? कसरी सूचना पाउन सकिन्छ ? भन्ने विषयमा केन्द्रित रही सञ्जाल विस्तार गरिएको बताए । पोखरा महानगरपालिका भित्र सञ्जाल विस्तार गर्ने क्रममा सोचे भन्दा वढी पोखरेली सर्वसाधारणले चासो देखाएका महानगरका सदस्य सचिव रेशम खड्काले बताए ।

पोखरा महानगर सञ्जालको आयोजनामा हालै वडा संयोजकहरुका बीचमा परिचयात्मक कार्यक्रम गरिएको सञ्जालका सदस्य कृष्ण रानाभाटले बताए । कार्यक्रममा गण्डकी प्रदेश संयोजक दीपक आचार्य, कास्की जिल्ला संयोजक यदुनाथ वञ्जरा, सहसंयोजक शिवराज वस्ताकोटी लगाएतले सूचनाको हक कार्यान्वयनमा देखिएका चुनौतीहरुका बारेमा आफना अनुभव शेयर गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ