पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन आउँदो पुसको २४ र २५ गते हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । संघका महासचिव अर्जुन पोखरेलका अनुसार यो महाधिवेशनले आउँदो २ वर्षको लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ ।
महासचिव पोखरेलका अनुसार महाधिवेशनअन्तर्गत निर्वाचनको कार्यक्रम पुस २५ गते हुनेछ । जिल्ला प्रशासन कार्यालय कास्कीले विद्युतीय माध्यमबाट साधारण सभा र स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गर्दै सम्भव भएसम्म अलग–अलग ठाउँमा मतदान कार्यक्रम गर्न स्वीकृति दिएलगत्तै यो निर्णय भएको हो ।
साधारणसभा विद्युतीय माध्यमबाटै गरिने छ भने जिल्ला प्रशासनको स्वीकृति अनुसार संघको अधिवेशनअन्तर्गतको चुनावी कार्यक्रम पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रसहितका स्थानमा गरिने अन्तिम टुंगो लागेको छ । मतदान केन्द्रमा कोभिड–१९ बाट बच्नको लागि सम्पूर्ण सुरक्षा सावधानी अपनाइने छ ।
संघको आसन्न अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका २ जना उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र उपमहासचिवसहित पोखरा उद्योग वाणिज्य संघको विधान अनुसार १० जना साधारण सदस्यका तर्फबाट,४ जना बस्तुगत,२ जना एसोसियट र १ जनाले औद्योगिक सदस्यका तर्फबाट संघको कार्यसमितिमा प्रतिनिधित्व गर्नेछन् । निर्वाचनको कार्यक्रम निर्वाचन समितिले तय गरेलगत्तै सार्वजनिक गर्ने पनि संघका महासचिव पोखरेलले जनाए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’