पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन आउँदो पुसको २४ र २५ गते हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । संघका महासचिव अर्जुन पोखरेलका अनुसार यो महाधिवेशनले आउँदो २ वर्षको लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ ।
महासचिव पोखरेलका अनुसार महाधिवेशनअन्तर्गत निर्वाचनको कार्यक्रम पुस २५ गते हुनेछ । जिल्ला प्रशासन कार्यालय कास्कीले विद्युतीय माध्यमबाट साधारण सभा र स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गर्दै सम्भव भएसम्म अलग–अलग ठाउँमा मतदान कार्यक्रम गर्न स्वीकृति दिएलगत्तै यो निर्णय भएको हो ।
साधारणसभा विद्युतीय माध्यमबाटै गरिने छ भने जिल्ला प्रशासनको स्वीकृति अनुसार संघको अधिवेशनअन्तर्गतको चुनावी कार्यक्रम पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रसहितका स्थानमा गरिने अन्तिम टुंगो लागेको छ । मतदान केन्द्रमा कोभिड–१९ बाट बच्नको लागि सम्पूर्ण सुरक्षा सावधानी अपनाइने छ ।
संघको आसन्न अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका २ जना उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र उपमहासचिवसहित पोखरा उद्योग वाणिज्य संघको विधान अनुसार १० जना साधारण सदस्यका तर्फबाट,४ जना बस्तुगत,२ जना एसोसियट र १ जनाले औद्योगिक सदस्यका तर्फबाट संघको कार्यसमितिमा प्रतिनिधित्व गर्नेछन् । निर्वाचनको कार्यक्रम निर्वाचन समितिले तय गरेलगत्तै सार्वजनिक गर्ने पनि संघका महासचिव पोखरेलले जनाए ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो