पोखरा – बुधबार कास्कीका ६९ सहित गण्डकीमा थप ९६ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीका ४६४ जनामा गरिएको परीक्षण मध्ये थप ९६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका ७ जिल्लाका छन् । जसअन्तर्गत कास्कीमा ६९, तनहुँमा ५, गोरखामा १, लमजुङमा ८, नवलपुरमा ९, स्याङ्गजामा २ र म्याग्दी जिल्लाका २ जनाको रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ९ सय ७६ पुगेको छ ।
जसमा सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ३९ छ भने, होम आइसोलेसनमा बस्नेको संख्या ४ हजार १ सय ८२ पुगेको छ ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट ५३ जना कोरोनामुक्त भएका छन् । यो संगै, कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ हजार ५ सय ६१ पुगेको छ ।
बुधबार पनि गण्डकीमा थप ४ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि भएका ४ जना पोखरा महानगरपालिकाका हुन् । यो संगै, गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७६ पुगेको निर्देशनालयले जनाएको छ ।
गण्डकीका विभिन्न अस्पतालमा आइसीयु र भेन्टिलेटरको अवस्था

विस्तृतमा हेर्नुहोस् !


सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु