एमआरआर पोखराको रक्तदान, ८५ यूनिट संकलन

एमआरआर पोखराको रक्तदान, ८५ यूनिट संकलन

130720094_1559377450916697_8867748421796317226_n

पोखरा । सामाजिक संजाल फेसबुक ग्रुप एमआरआर स्थापनाको ९ वर्ष पूरा भएको अवसरमा एमआरआर पोखरले बिहीबार पोखरामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । पोखराको बागलुङ बसपार्कमा आयोजित कार्यक्रममा ८५ युनिट रगत संकलन भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि रेडक्रस सोसाइटी, कास्कीका उपसभापति डण्डराज शर्मा पौडेल, अतिथिमा बगर प्रहरीका इन्स्पेक्टर मुक्ति सापकोटा, क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराका महेन्द्र केसीको उपस्थिति थियो ।

देशभर यो ग्रुपमा आबद्ध युवाहरुले विभिन्न रचनात्मक तथा सामाजिक कामहरु गर्दै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ