पोखरा – शुक्रबार कास्कीका ४० सहित गण्डकीमा थप ५६ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकी प्रदेशका जम्मा ४८३ जनामा गरिएको परीक्षण मध्ये थप ५६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका ६ जिल्लाका छन् । जस अन्तर्गत कास्कीमा ४० जना, गोरखामा २ जना, लमजुङमा ८ जना, स्याङ्गजामा ४ जना, बाग्लुङमा १ जना र म्याग्दी जिल्लाका १ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तीमा जनाइएको छ ।
कास्कीमा आज पुष्टि भएका मध्ये १ जना रुपा गाउँपालिकाका हुन् भने, अन्य सबै पोखरा महानगरका हुन् ।
आज पुष्टि भएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १३ हजार १ सय ३५ पुगेको छ । हाल प्रदेशभर ५ हजार ३ सय ५८ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट ३५ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनाबाट मुक्त हुनेको संख्या ७ हजार ५ सय ९६ पुगेको छ।
शुक्रबार पनि गण्डकीमा थप एकजना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । मृतक पोखरा महानगरपालिका -१० निवासी ७५ वर्षीय वृद्ध रहेका छन् ।
यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १८१ पुगेको निर्देशनालयले जनाएको छ।
गण्डकीका अस्पतालहरुमा आइसीयु र भेन्टिलेटरको अवस्था !


सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्