शनिबार पोखराका ८३ सहित गण्डकीमा थप १५२ जनामा कोरोना पुष्टि

शनिबार पोखराका ८३ सहित गण्डकीमा थप १५२ जनामा कोरोना पुष्टि

corona covid gandaki

पोखरा – शनिबार पोखराका ८३ सहित गण्डकीमा थप १५२ जनामा कोरोना पुष्टि भएको छ ।

आज गण्डकीका ६०२ जनामा गरिएको परीक्षण मध्ये थप १५२ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

आज थप भएका संक्रमित प्रदेशका ८ जिल्लाका छन् । जसमा कास्कीको पोखराका ८३ जना, तनहुँका ८ जना, गोरखाका २ जना, लमजङका ३९ जना, नवलपुरका ११ जना, स्याङ्गजाका २ जना, पर्वतका ४ जना र बाग्लुङ जिल्लाका ३ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आइएको जारी विज्ञप्तिमा जनाइएको छ  ।

आज पुष्टि संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १३ हजार ८ सय ८८ पुगेको छ । जसमा सक्रिय संक्रमित १ हजार ७ सय ४४ छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट कोरोनामुक्त हुने र मृतक संख्या छैन । हालसम्म प्रदेशबाट कोरोनामुक्त हुनेको संख्या ११ हजार ९ सय ५७ रहेको छ भने, गण्डकीमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८७ रहेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds