एकीकृत अनेरास्ववियूको नेतृत्व हामीले गरेका छौँः सहसंयोजक तामाङ

एकीकृत अनेरास्ववियूको नेतृत्व हामीले गरेका छौँः सहसंयोजक तामाङ

dkladmf (2)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अन्तरसंघर्ष चरमोत्कर्षमा पुगेको छ । तत्कालिन नेकपा एमाले र एकीकृत माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपा फेरि फुट्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली समूह एकातिर छ भने अर्का अध्यक्ष प्रचण्डलाई माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमको साथ छ ।

नेकपाको दुई समूह तलतिरसम्म विभाजित हुन पुगेको छ । ओली गुट आफ्नै भेलामा व्यस्त छ भने प्रचण्ड नेपाल समूह पनि आफ्नै तरिकाले देश दौडाहामा छन् । दुवैले गुटगत भेला होइन भनेपनि समूहगत भेला नै हो ।

नेकपाको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) का संयोजक ऐन महर ओली गुटको भेलामा सक्रिय छन् । पूर्व माओवादीका तर्फबाट सहसंयोजक बनेका रञ्जित तामाङ गण्डकी प्रदेशतर्फ आए र प्रचण्ड नेपाल समूहका विद्यार्थीमाझ बैठकहरुमा सहभागी भए ।

बेनीमा श्रद्धाञ्जलीसभामा आएका उनलाई म्याग्दीमा विरोध गरियो । पोखरामा भने पृथ्वीनारायण क्याम्पसका विद्यार्थीहरुले स्वागत मात्र गरेनन्, भेला नै राखेर उनका कुरा पनि विद्यार्थीहरुले सुने । यद्यपी, ओली समूहका विद्यार्थीहरु भने उपस्थित थिएनन् ।

सो अवसरमा सहसंयोजक तामाङले एकीकृत अनेरास्ववियूको नेतृत्व आफूहरुले गरिरहेको जिकिर गरे । उनले भनेः हामीसँग पूर्व अनेरास्ववियू र क्रान्तिकारी निकट दुबै साथीहरु छन् । संयोजक ऐन महरजी सबै विद्यार्थीको नेतृत्व लिनुपर्ने जिम्मेवारीमा रहेपनि एउटा समूहको मात्र नेतृत्व गरिरहनुभएको छ ।

महरले विद्यार्थी आन्दोलन मन्डलेकरण गर्न लागिरहेको आरोप लगाउँदै उनले एक जना पनि पूर्व क्रान्तिकारी वा फरक विचार राख्ने साथीहरूलाई सँगै राख्न नसकेको बताए ।  उनले संयोजक महर सरकारको मतियार बनेर पार्टी प्यालेसमा भात खुवाउँदै भेला गरेको र आफूहरु त्यसको भण्डाफोर गर्दै हिँडेको बताए ।

क्याम्पस कमिटिका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले एकता चाहने विद्यार्थीहरुले अहिले एउटा खल्तीमा अबिर र अर्को खल्तीमा कालोमोसो राखेको भन्दै जो एकता भाँड्न पिएन क्याम्पस आउँछन् उनीहरुलाई कालो मोसो दल्ने, जो एकीकृत अखिलको पक्षमा हुन्छन् उनीहरुलाई अबिर लगाउने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds