नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अन्तरसंघर्ष चरमोत्कर्षमा पुगेको छ । तत्कालिन नेकपा एमाले र एकीकृत माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपा फेरि फुट्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली समूह एकातिर छ भने अर्का अध्यक्ष प्रचण्डलाई माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमको साथ छ ।
नेकपाको दुई समूह तलतिरसम्म विभाजित हुन पुगेको छ । ओली गुट आफ्नै भेलामा व्यस्त छ भने प्रचण्ड नेपाल समूह पनि आफ्नै तरिकाले देश दौडाहामा छन् । दुवैले गुटगत भेला होइन भनेपनि समूहगत भेला नै हो ।
नेकपाको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) का संयोजक ऐन महर ओली गुटको भेलामा सक्रिय छन् । पूर्व माओवादीका तर्फबाट सहसंयोजक बनेका रञ्जित तामाङ गण्डकी प्रदेशतर्फ आए र प्रचण्ड नेपाल समूहका विद्यार्थीमाझ बैठकहरुमा सहभागी भए ।
बेनीमा श्रद्धाञ्जलीसभामा आएका उनलाई म्याग्दीमा विरोध गरियो । पोखरामा भने पृथ्वीनारायण क्याम्पसका विद्यार्थीहरुले स्वागत मात्र गरेनन्, भेला नै राखेर उनका कुरा पनि विद्यार्थीहरुले सुने । यद्यपी, ओली समूहका विद्यार्थीहरु भने उपस्थित थिएनन् ।

सो अवसरमा सहसंयोजक तामाङले एकीकृत अनेरास्ववियूको नेतृत्व आफूहरुले गरिरहेको जिकिर गरे । उनले भनेः हामीसँग पूर्व अनेरास्ववियू र क्रान्तिकारी निकट दुबै साथीहरु छन् । संयोजक ऐन महरजी सबै विद्यार्थीको नेतृत्व लिनुपर्ने जिम्मेवारीमा रहेपनि एउटा समूहको मात्र नेतृत्व गरिरहनुभएको छ ।
महरले विद्यार्थी आन्दोलन मन्डलेकरण गर्न लागिरहेको आरोप लगाउँदै उनले एक जना पनि पूर्व क्रान्तिकारी वा फरक विचार राख्ने साथीहरूलाई सँगै राख्न नसकेको बताए । उनले संयोजक महर सरकारको मतियार बनेर पार्टी प्यालेसमा भात खुवाउँदै भेला गरेको र आफूहरु त्यसको भण्डाफोर गर्दै हिँडेको बताए ।
क्याम्पस कमिटिका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले एकता चाहने विद्यार्थीहरुले अहिले एउटा खल्तीमा अबिर र अर्को खल्तीमा कालोमोसो राखेको भन्दै जो एकता भाँड्न पिएन क्याम्पस आउँछन् उनीहरुलाई कालो मोसो दल्ने, जो एकीकृत अखिलको पक्षमा हुन्छन् उनीहरुलाई अबिर लगाउने बताए ।

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह