गण्डकी स्तरीय क्रिकेट: नवलपुरद्वारा तनहुँ ३७ रनले पराजित

गण्डकी स्तरीय क्रिकेट: नवलपुरद्वारा तनहुँ ३७ रनले पराजित

Cricket

तस्विर : गिता राना

पोखरा – गण्डकी प्रदेश क्रिकेट संघद्वारा आयोजित गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा नवलपुरले तनहुँलाई ३७ रनले पराजित गरेको छ । टस जितेरव्याटिङ्ग गरेको नवलपुरले निर्धारित ५० ओभरको खेलमा ४४.१ ओभरमा आफ्नों सम्पूर्ण विकेट गुमाउँदै १ सय ६८ रनको योगफल तयार पारेको थियो ।

नवलपुरको तर्फबाट मन्जिल न्यौपानेले ३५, सनम बुढाथोकीले २३ तथा सन्देश बस्नेतले २० रनको पारी खेले ।तनहुँको बलिङ्गतर्फ राजु गुरुङ्ग, सुशिल गिरी र कुरुण सिरमलाले समान २-२ विकेट लिए । विनय भण्डारी र सचिन अधिकारीको हातमा १÷१ विकेट परेको थियो ।

जितका लागि १ सय ६९ रनको लक्ष्य पछ्याएको तनुहँले सम्पूर्ण विकेट गुमाउनु अघि १ सय ३१ रन मात्रै जोड्न सक्यो । तनहुँको ब्याटिङ्गमा समिर कँडेलले ६७ रनको महत्वपूर्ण पारि खेलेपनि उनलाई साथ दिने व्याट्स्म्यान नहुँदा पहिलो खेलमा जित निकालेको तनुहँले पराजय भोग्नुप¥यो । नवलपुरका विज्ञान गौतमले ३, राहुल शर्माले २ तथा विवेक दराई र कमल परियारले १-१ विकेट लिए ।

खेलमा महत्वपूर्ण ३ विकेट लिन सफल नवलपुरका विज्ञान गौतम म्यान अफ द म्याच भए । प्रतियोेगिता अन्तर्गत सोमबार स्याङ्गजा र नवलपुरविच प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ