पोखरा – विष्णु पाण्डेको चौतर्फी प्रदर्शनमा पोखरामा जारी गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा स्याङ्जाले नवलपुरलाई २ विकेटले पराजित गरेको छ । अत्यन्तै रोचक बनेको खेलमा अन्तिम दुई बल बाँकि छँदा स्याङ्जाले जित निकालेको हो । टर जितेर ब्याटिङ्ग गरेको नवलपुरले सामु जितका लागि २ सय १४ को लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा स्याङ्जाका लागि विष्णु पाण्डेले सम्हालिएको पारी खेल्दै १ सय ९ बलमा ७५ रनको महत्वपूर्ण योगफल तयार पारेपछि जितको आधार तयार भएको हो । पाण्डेले ८ चौका प्रहार गरेका थिए ।
४७.१ ओभरमा सम्पूर्ण विकेट गुमाएको नवलपुरका लागि दुई जना व्याट्स्म्यानले अर्धशतकिय पारी खेलेपनि जितका लागि त्यो प्रयाप्त हुन सकेन । दिपक डुम्र्रेले ५२ तथा सन्देश बस्नेतले ५० रन बनाएका थिए । स्याङ्जाको बलिङ्गमा मिलन लुइटेलले ५ तथा विष्णु पाण्डेले २ विकेट लिए ।
२ सय १४ रनको लक्ष्य पाएको स्याँग्जाले ४९.४ ओभरमा ८ विकेट गुमाएर विजयी लक्ष्य पार गरेको थियो । स्याङ्जाका लागि करण पंगेनीले ४१, इश्वर क्षेत्रीले २८ तथा अशोक श्रेष्ठले २७ रन जोडेका थिए । नवलपुरका बलरहरु कैलाश पंगेनीले ३ तथा विज्ञान गौतमले २ विकेट लिए । खेलमा स्याङ्जाका विष्णु पाण्डे म्यान अफ द म्याच भए । उनलाई गण्डकी प्रदेश सांसद राजिव पहारीले ट्रफि प्रदान गरेका थिए । मंगलबार कास्की र तनहुँविच प्रतिस्पर्धा हुने आयोजक गण्डकी प्रदेश क्रिकेट संघले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो