गण्डकी प्रदेश स्तरिय क्रिकेट : स्याङ्जाद्वारा नवलपुर २ विकेटले पराजित

गण्डकी प्रदेश स्तरिय क्रिकेट : स्याङ्जाद्वारा नवलपुर २ विकेटले पराजित

syangjavsnawalpur

पोखरा – विष्णु पाण्डेको चौतर्फी प्रदर्शनमा पोखरामा जारी गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा स्याङ्जाले नवलपुरलाई २ विकेटले पराजित गरेको छ । अत्यन्तै रोचक बनेको खेलमा अन्तिम दुई बल बाँकि छँदा स्याङ्जाले जित निकालेको हो । टर जितेर ब्याटिङ्ग गरेको नवलपुरले  सामु जितका लागि २ सय १४ को लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा स्याङ्जाका लागि विष्णु पाण्डेले सम्हालिएको पारी खेल्दै १ सय ९ बलमा ७५ रनको महत्वपूर्ण योगफल तयार पारेपछि जितको आधार तयार भएको हो । पाण्डेले ८ चौका प्रहार गरेका थिए ।

४७.१ ओभरमा सम्पूर्ण विकेट गुमाएको नवलपुरका लागि दुई जना व्याट्स्म्यानले अर्धशतकिय पारी खेलेपनि जितका लागि त्यो प्रयाप्त हुन सकेन । दिपक डुम्र्रेले ५२ तथा सन्देश बस्नेतले ५० रन बनाएका थिए । स्याङ्जाको बलिङ्गमा मिलन लुइटेलले ५ तथा विष्णु पाण्डेले २ विकेट लिए ।

२ सय १४ रनको लक्ष्य पाएको स्याँग्जाले ४९.४ ओभरमा ८ विकेट गुमाएर विजयी लक्ष्य पार गरेको थियो । स्याङ्जाका लागि करण पंगेनीले ४१, इश्वर क्षेत्रीले २८ तथा अशोक श्रेष्ठले २७ रन जोडेका थिए । नवलपुरका बलरहरु कैलाश पंगेनीले ३ तथा विज्ञान गौतमले २ विकेट लिए । खेलमा स्याङ्जाका विष्णु पाण्डे म्यान अफ द म्याच भए । उनलाई गण्डकी प्रदेश सांसद राजिव पहारीले ट्रफि प्रदान गरेका थिए । मंगलबार कास्की र तनहुँविच प्रतिस्पर्धा हुने आयोजक गण्डकी प्रदेश क्रिकेट संघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ