पोखरा – बिहीबार पोखराका ३७ सहित गण्डकीमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ ।
गण्डकीका ३२६ जनामा आज गरिएको परीक्षण मध्ये थप ५७ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
आज पुष्टि भएका संक्रमित प्रदेशका ५ जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरका ३७, तनहुँका ८, लमजुङका ५, नवलपुरका ४, र स्याङ्गजा जिल्लाका ३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १४ हजार २ सय ४२ पुगेको छ । जसमा सक्रिय संक्रमित १ हजार ७ सय ९५ छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट ५२ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १२ हजार २ सय ५६ पुगेको छ ।
बिहीबार गण्डकीमा थप ३ जनाको मृत्यु पुष्टि भएको छ । मृतकहरु तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका -५ का ७१ वर्षीय वृद्ध, तनहुँ जिल्ला म्याग्दे गाउँपालिका -५ निवासी ७३ वर्षीय वृद्ध र स्याङ्गजा जिल्ला फेदीखोला गाउँपालिका -१ निवासी ७४ वर्षीय वृद्ध रहेका छन् ।
आज थप भएका मृतकसंगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९० पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु